सुन तस्करी प्रकरण: थप ३ जना चिनियाँ नागरिक पक्राउ

सुन तस्करी प्रकरणमा थप ३ जना चिनियाँ नागरिक पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले चीन जान लागेका उनीहरूलाई मंगलबार दिउँसाे पक्राउ गरेको हो।

सीआईबी स्रोतका अनुसार पक्राउ पर्नेमा चिनियाँ नागरिक झाओ हुई, जोङ छ्याङ र ताङ जिङ रहेका छन्।

राजस्व अनुसन्धान विभागले यही साउन ३ गते सिनामङ्गलस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकाे भन्सार कार्यालय अगाडिबाट सुनसहितको एक सय ५५ किलो ‘ब्रेक सु’ बरामद गरेको थियो।

उक्त ‘ब्रेक सु’ भित्र लुकाएर ल्याइएको सुन नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा मंगलबार गालिएकाे छ। गालेपछिको सुनको कुल वास्तविक तौल ६० किलो ७१६ ग्राम कायम भएको राष्ट्र बैंकको टक्सार विभागले बताएकाे छ।

यसअघि हिजो ब्रेक सुबाट सुन छुट्याउने काम भएको थियो। यसरी छुट्याइएको सुन ६० किलो सात सय ८९ ग्राम तौल रहेको थियाे।

अहिलेसम्मकै ठुलाे परिणाममा भएकाे याे सुन तस्करीकाे अनुसन्धान सुरु राजस्व अनुसन्धान विभागले गरेकाे भएपनि हाल नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान व्यूराे (सिआइबी)ले गरिरहेकाे छ।

उक्त प्रकरणमा यसअघि १८ जना पक्राउ परिसकेका छन्।


सय किलो भनिएको सुनको परिणाम ६० केजी मात्रै

प्रकाशित मिति: : 2023-08-15 15:56:00

प्रतिकृया दिनुहोस्