अखिल क्रान्तिकारीको पवन कार्की समूहले सांसद सुनिल शर्माको प्रमाणपत्र छानबिन गर्न माग गर्दै माइतीघरमा प्रदर्शन गरेको छ।
उनीहरुले विभिन्न प्लेकार्डसहित शर्माको तस्बिरहरुमा क्रस चिन्ह प्रयोग गरी शर्माको राजीनामा माग गर्दै प्रर्दशन गरेका हुन्।
सरकारले सांसद शर्मालाई नक्कली शैक्षिक प्रमाण पत्रको आरोपमा पक्राउ गरेपनि अदालतले बाहिरै राखेर अनुसन्धान गर्न भन्दै उनी थुनामुक्त भएका थिए।
थुनामुक्त भए लगत्तै उनले संसदमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेका थिए।