कर्णाली प्रदेशमा भदौ ४ गते सार्वजनिक बिदा

File Photo
File Photo

कर्णाली प्रदेश सरकारले भदौ ४ गते सार्वजनिक बिदा हुने भएको छ।

प्रदेश स्थापना तथा सहिद दिवस र साउन शुक्ल पञ्चमी अर्थात् नाग पञ्चमीको अवसरमा कर्णाली प्रदेश सरकारमा सार्वजनिक बिदा दिने भएको हो।

कर्णाली प्रदेश सरकारले गत वर्षको चैत्र २९ गते नै प्रदेश स्थापना तथा सहिद दिवस र नाग पञ्चमीको दिन बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका शाखा अधिकृत निर्मला रेग्मीले जानकारी दिइन्।

मन्त्रालयले शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै भदौ ४ गते सोमवार कर्णाली प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक सङ्घ संस्थाहरुमा सार्वजनिक बिदा दिइने निर्णय भएको जानकारी गराएको छ।

प्रकाशित मिति: : 2023-08-18 14:56:00

प्रतिकृया दिनुहोस्