महिला विश्वकप उपाधिको लागि आज स्पेन र इंग्ल्याण्ड भिड्दै

‘फिफा’ महिला विश्वकप २०२३ को उपाधिको लागि आज स्पेन र इंग्ल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ।

आज फाइनल खेल अस्ट्रेलियाको सिड्नीस्थित रगंशालमा स्पेन र इंग्ल्याण्ड दुई देशबीच खेल हुँदैछ। अस्ट्रेलिया र न्युजिल्यान्ड दुई देशमा आयोजना भएको विश्वकपमा ३२ राष्ट्रको सहभागीता थियो। इंग्ल्याण्ड जारी खेलमा अपराजित रहँदै फाइनलमा प्रवेश गरेको हो, भने स्पेन पहिलोपटक महिला विश्वकपको फाइनलमा प्रवेश गरेको हो। 

यी दुवै टोली उपाधि जित्ने लक्ष्यका साथ आज मैदान उत्रिदै छन्। स्पेन स्विडेनलाई हराउँदै फाइनलमा प्रवेश गरेको थियो भने इंग्ल्याण्ड अस्ट्रेलियालाई हराएर फाइनलमा पुगेको हो।

गत जुलाई २० देखि आयोजना भएको विश्वकप अस्ट्रेलियाको ५ सहरमा ३५ वटा खेल र न्युजिल्यान्डको ४ सहरमा २९  खेल खेलाएको हो।

प्रकाशित मिति: : 2023-08-20 06:10:00

प्रतिकृया दिनुहोस्