समाजवादी मोर्चामा दलहरुको तालमेल सोचेभन्दा राम्रो भइरहेको छ– विप्लव

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले समाजवादी मोर्चामा दलहरुको तलमेल सोचभन्दा राम्रो भइरहेको बताएका छन्।

एकीकृत समाजवादी (एस)को केन्द्रीय कार्यालय आलोकनगरमा सोमबार सम्पन्न मोर्चाको बैठकपछि बाहिरिँदै गर्दा विप्लवले यस्तो बताएका हुन्।

‘माेर्चामा तालमेल त एकदम मिलेको छ नि ?’ भन्ने प्रश्नमा विप्लवले भने, ‘एकदम ! यो नै नेपालको मौलिकता हो। नेपाली विशेषताको समाजवाद, यसको मौलिकता हो। एकदम राम्रो हुन्छ, राम्रो छ तपाईंहरुले सोच्नुभएको भन्दा पनि राम्रो भइरहेको छ।’

उनले सरकारले सुरु गरेको भ्रष्टाचार विरोधी आन्दोलनमा आफ्नो समर्थन रहेको बताए।

मोर्चाको आजको बैठकले भदौ ८ गतेदेखि सातै प्रदेशमा प्रदेश घोषणासभा गर्ने निर्णय गरेको छ।

प्रकाशित मिति: : 2023-08-21 09:21:00

प्रतिकृया दिनुहोस्