भक्तपुरमा सुधार गृहबाट २०० बढी बालबालिका भागे, तीन नाका बन्द गरेर खोजी गरिँदै

तस्बिर : कमल प्रसाईं
तस्बिर : कमल प्रसाईं

भक्तपुरमा रहेको बालसुधार गृहबाट २०० बढी बालबालिका भागेका छन्। सोमबार दिउँसो सुधा गृहको ढोका फोडेर बालबालिका भागेका हुन्।

सानोठिमीस्थित बालसुधार गृहमा २९८ जना बालबालिका राखिएकोमा भित्र ६८ जनामात्र रहेको र अन्य भागेको भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए।

उनकाअनुसार भागेका केही प्रहरीको सम्पर्कमा आइसकेको र बाँकीको पनि खोजी भइरहेको छ। निरौलाले भक्तपुर, ललितपुर र काठमाडौँका तीन वटै जिल्लाको नाका बन्द गरेर भागेकाहरुको खोजीकार्य भइरहेको बताए।

आइतबार उक्त सुधारमा गृहमा रहेका एक बालकको मृत्यु भएको थियो। बालकको मृत्युपछि आइतबार उनका आफन्तले गेटबाहिर प्रदर्शन गरेका थिए।

त्यही समयमा सुधारगृहभित्र रहेका बालबालिकाले पनि ढोका फोडर भागेका हुन्।

प्रकाशित मिति: : 2023-08-21 16:39:00

प्रतिकृया दिनुहोस्