काठमाडौँबाट पोखरा जाँदै गरेको बस त्रिशूलीमा खस्यो, ८ जनाकाे मृत्यु

तस्बिर : पाेषनाथ अधिकारी
तस्बिर : पाेषनाथ अधिकारी

काठमाडौँबाट पोखरा जाँदै गरेको बस धादिङको गजुरी गाउँपालिका– २ चालिसेस्थित छहराबाट त्रिशूली नदीमा खसेको छ।

काठमाडौँबाट पोखरा तर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नं. बस अनियन्त्रित भई त्रिशूली नदीमा सडकबाट नदीमा खसेको हो।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारका अनुसार १५ जना भन्दा बढी घाइतेको उद्धार गरिएको छ। भने, दुर्घटनामा २ महिला र ६ पुरुष गरी ८ जनाको मृत्यु भएको मृत्यु भएकाे छ।

उद्धार जारी छ।

प्रकाशित मिति: : 2023-08-23 12:32:00

प्रतिकृया दिनुहोस्