बोक्सी आरोपमा समाजसामु महिलालाई अर्धनग्न बनाएर कुटपिट

नयाँ पत्रिका दैनिक

रञ्जन भण्डारी

कथित बोक्सी आरोपमा आमाहरू कुटिन्छन्, सार्वजनिक बेइज्जती भोग्छन् । पीडकहरू पक्राउ पनि पर्छन्, तर उनीहरूले सजिलै उन्मुक्ति पाउँदा फेरि उस्तै घटना दोहोरिन्छन् । खासगरी मधेसमा यस्तो नियति व्याप्त छ । महोत्तरीमा फेरि छिमेकी महिलालाई केही पुरुषले बोक्सी आरोपमा अर्धनग्न बनाएर सार्वजनिक स्थलमै कुटपिट गरेका छन् ।प्रत्यक्षदर्शी छिमेकी रमिते बनेका छन् । 

मनरा–सिसवा नगरपालिका– १० मरुवाहीकी ५७ वर्षीया सतीदेवी चौधरीमाथि स्थानीय रामसिंहासन चौधरी, उनका छोराहरू रामविनय चौधरी र रामसिकल चौधरी तथा नाति साजन चौधरी र छिमेकी राजकुमार चौधरीले बेइज्जत र आक्रमण गरेका हुन् । 

प्रकाशित मिति: : 2023-08-28 10:18:00

प्रतिकृया दिनुहोस्