नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ)का पुल्चोक इन्जिनियरिङ क्याम्पस इकाई सभापति सुलभ चापागाईं वीर अस्पतालमा भर्ना भएका छन्।
त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले गरेकाे शुल्क वृद्धिको विरोधमा ८ दिनदेखि आमरण अनशनमा बसेका चापागाईंको स्वास्थ्य कमजोर बन्दै गएपछि अस्पतालमा भर्ना भएका हुन्।
आईओईले बीई र बीआर्कतर्फको शुल्क चर्को बनाएकाे भन्दै शुल्क वृद्धि फिर्ता गर्न माग गर्दै अनशन बसेका हुन्।
चापागाईंकाे स्वास्थ्य अवस्था नाजुक भएकाले अस्पतालमा भर्ना गरिएकाे पुलचोक इन्जिरियनिङ क्याम्पसकी विद्यार्थी सगुन कँडेलले बताइन्।
इन्जिनियरिङ शिक्षा महँगो हुँदा गरीब तथा जेहेन्दार विद्यार्थी अध्ययनबाट वञ्चित हुने भन्दै शुल्क वृद्धि नगर्न नेविसंघले माग रहेको छ।