धरापजस्ता छन् काठमाडौंका सडकहरू

बनिनसक्दै भत्काउँदै जाने सरकारी निकायका प्रवृत्तिका कारण राजधानीका मूल सडक अनि भित्री बाटाहरूसमेत धरापजस्ता बनेका छन्। 

खानेपानी, टेलिकम, विद्युतलगायतका पूर्वाधारहरू पनि यिनै सडकमा छन्। जसका कारण एकपछि अर्को गर्दै सडकहरू जथाभावी खन्ने तर लामो समय त्यत्तिकै अलपत्र पार्ने प्रवृत्ति छ। 

एउटा संरचना बनिनसक्दै अर्को निकायले त्यसलाई फेरि खोतल्न सुर गरिहाल्छ। जसका कारण सवारी गुड्ने सडकहरूमात्रै होइन फुटपाथसमेत हिँड्न लायक छैनन्। 

राजधानीका मुख्य सडकका केही तस्वीरहरू: 

प्रकाशित मिति: : 2025-06-08 10:15:00

प्रतिकृया दिनुहोस्