सुन प्रकरणपछि भन्सार कार्यालयका कर्मचारी तनावमा, १३७ जनाले मागे सामूहिक सरुवा

File Photo
File Photo

६० केजी सुन तस्करी प्रकरणपछि त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारी तनावमा परेका छन्। भन्सार पास भएर बाहिरिएको सुन राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेपछि अहिले अनुसन्धान भइरहेको छ।

सुन प्रकरणमा अनुसन्धान भइरहँदा भन्सार विभागका कर्मचारी तानिएपछि उनीहरु तनावमा परेका हुन्। कर्मचारीले बिनाकारण आफूहरूलाई दुःख दिएको भन्दै १३७ जना कर्मचारीले सरुवा माग गरेका छन्। यदि सरुवा नगरे काम प्रभावित पारिदिने चेतावनी पनि दिएका छन्।

भन्सार विभागका महानिर्देशकलाई सम्बोधन गर्दै लेखेको पत्रमा आफूहरुलाई धरपकड गर्ने, थुनामा राख्ने गरेको कर्मचारीको गुनासो छ।

‘सुन प्रकरणमा दोषी जो कोहीलाई कानुन बमोजिम कारबाही गरियोस् भन्ने कुरामा हाम्रो कुनै दुईमत रहेन तर, कर्तव्य पालनाका सिलसिलामा खटिएका कर्मचारीहरुमाथि अनावश्यक धरपकड गर्ने, प्रमाणबिना थुनामा राख्ने गरेको हुँदा कर्मचारीहरुमा व्यक्तिगत मनोवैज्ञानिक त्रास उत्पन्न भएको छ’, निवेदनमा भनिएको छ।

हिजो मंगलबार कार्यालयका २८ भन्सार अधिकृतसहित १३७ कर्मचारीले कार्यालयमा काम गर्ने वातावरण नभएको हुँदा सरुवा गरिदिन माग गरेका हुन्। 

विभागका महानिर्देशकलाई कर्मचारीले लेखेको पत्रमा यस्ताे भनिएको छ:

प्रकाशित मिति: : 2023-08-30 13:29:00

प्रतिकृया दिनुहोस्