बालबालिकाको मानसिक विकासमा परिवारको योगदान

रातोपाटी

काठमाडाैँ

प्रत्येक बालबालिकाको सफल जीवनको आधार परिवार हो । परिवारले उसको मानसिक, सामाजिक र सांस्कृतिक विकासमा प्रभाव पार्छ । आमाबुवाको मानसिकता र व्यवहारले बालबालिकाको मानसिक विकासमा ठूलो भूमिका खेल्छ । विभिन्न स्वाभाव भएका परिवारलाई हेर्दा आमाबुवाले बालबालिकालाई जति बढी चासो र सकारात्मक ढङ्गले प्रोत्साहित गरेका हुन्छन् उनीहरूको सोच, समझदारी र आत्मविश्वास त्यति नै बढी प्राप्त गरेको पाइन्छ । सोही अनुसार बालबालिकाले जीवनका चुनौतीहरूलाई सामना गर्दा सकारात्मकता र सङ्घर्षको भावना देखाउँछन् ।

तर आमाबुवामा नकारात्मक मानसिकता बढी भएर प्रत्येक परिस्थितिमा आलोचना गर्दा बालबालिकामा पनि नकारात्मक भावनाको विकास हुन्छ । खासगरी मद्यपान गरेर घर फर्किँदा, गालीगलौज गर्दा बालबालिकामा नकरात्मक प्रभाव पर्छ । यस्ता वातावरणमा हुर्किएका बालबालिकामा असुरक्षा, अविश्वास र आत्मसन्देहका भावना वृद्धि हुने गर्दछ । आमाबुवाको नकारात्मकता र निराशावादी मानसिकताले बालबालिकाको स्वमूल्याङ्कन, सोच र भविष्यका लक्ष्यहरूमा प्रभाव पार्छ । यसले बालबालिकाको जीवनमा आत्मसन्देह, असम्मान र आत्मअवमूल्यनको अनुभव पैदा गर्दछ ।

प्रकाशित मिति: : 2023-09-01 06:25:00

प्रतिकृया दिनुहोस्