बहराइनमाथि नेपालको सानदार जित

महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले बहराईनलाई १० विकेटले हराउँदै दोस्रो जित हात पारेको छ।

बहराइले दिएको ३२ रन पछाएको नेपालले तीनै ओभरमै जित निकालेको हो। नेपालको लागि कप्तान सीता राना मगर र काजल कुवँरले ३२ रनको साझेदारी गरे। त्यसअघि क्वालालाम्पुरमा टस जितेर पहिले ब्याटिङ गरेको बहराइन १५ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै ३१ रनमा समेटियो। बहराइनका लागि कप्तान दीपिका रसङगिकाले सर्वाधिक ११ रनको योगदान दिइन। त्यसबाहेक बहराइनका अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन्।

बहराइलाई सस्तैमा समेट्ने क्रममा नेपालकी इन्दु बर्माले तीन विकेट लिइन भने खुसी डङ्गोलले दुई विकेट लिइन। त्यस्तै कविता कुँवर, पुजा महतो  र रुविना क्षेत्रीले समान एक-एक विकेट लिए। 

प्रकाशित मिति: : 2023-09-01 13:04:00

प्रतिकृया दिनुहोस्