सूचनाको हकका लागि जिल्ला सञ्जाल पोखरा महानगर सञ्जाल तथा पोखरा महानगर वडा नम्बर १९ वडा कार्यालयको समन्वयनमा सुचनाको हकका लागि सचेतना तथा प्रशिक्षण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ।
शुक्रबार आयोजित कार्यक्रममा प्रमुख अतिथि तथा वडा अध्यक्ष पुष्पेन्द्र पाण्डेले सूचनाको हकले आम नागरिकमा सचेत गराउने मात्रै हैन यसले भ्रष्टाचार हुनबाट पनि जोगाउने बताउँदै भने, 'सूचनाको हक के हो यो हक प्रयोग गरेर कसरी सुशासन कायम गर्न सकिन्छ भन्ने कुराको बाटो खोल्न सकिने साथै आम नागरिकलाई मात्रै नभइ सरकारी कार्यालयमा हुने कार्य समेत पूर्ण जिम्मेवारी साथ सम्पन्न हुन सक्छन् जसले गर्दा भ्रष्टाचार हुन पाउँदैन। यसले सार्वजनिक निकाय मात्रै हैन नागरिक सचेत र जिम्मेवार बन्नमा बल पुर्याउन सक्छ।'
सूचना सञ्जाल कास्की उपाध्यक्ष तथा सुचना अभियन्नता साथै सचारकर्मि शिबराज बस्ताकोटी शिवदाइले सूचनाको हकबारे सचेतना गराउनुका साथै उपस्थित सबैमा सूचनाको हकबारे बताएका थिए।
सूचना भनेको के हो? सूचना किन मागिन्छ? सूचना माग गर्नुले के प्रभाव पर्न सक्छ? सूचनाको हक किन प्रयोग गरिन्छ? यसबाट कसरी भ्रष्टाचार अन्त्य गर्न सकिन्छ भन्ने बारे सबैमा जानकारी गराएका थिए।
सचेतना कार्यक्रममा वडाका सचिव तथा सूचना अधिकारी श्रीराम पौडेलले आफू यतिका वर्ष स्थानीय तहमा रहेर पनि यस्तो कार्यक्रममा पहिलो पटक सहभागिता जनाउन पाएकोमा खुसी व्यक्त गर्दै उपस्थित सबैमा आगामी दिनदेखि आफूसँग आएर वडामा भएका सबैखाले विकासका काम र थप जानकारी लिनका लागि सूचनाको हक प्रयोग गर्न आग्रह गरे।
सुशासन स्थापित गर्नका लागि वडालाई पूर्ण पारदर्शिताका साथ कार्य सम्पादनलाई निरन्तरता दिनका लागि सूचना माग गर्न अनुरोध गर्दै सूचना माग गर्दा कसैलाई समस्या भएमा आफूले सहयोग गरेर सूचना उपलब्ध गराउने प्रतिबद्धता जनाए।
सूचना सञ्जाल महानगर सदस्य तथा कार्यक्रम सयोजक शिवप्रसाद गौतमले आफ्नो वडामा आफैं संयोजक रहेर यस्तो कार्यक्रमको आयोजना गर्न पाएकोमा दुखी व्यक्त गर्दै सूचनाको हक प्रयोग गर्न सबैमा अनुरोध गरेका थिए।
सचेतना कार्यक्रममा वडा अन्तर्गत रहेका विभिन्न आमा समूह टोल विकास सस्था तथा युवा क्लव अध्यक्ष प्रतिनिधि तथा पदाधिकारी साथै सदस्यहरुको उपस्थिति रहेको थियो।
सचेतना कार्यक्रममा सहभागिता जनाउन पाएकोमा सूचनाको हकबारे जानकारी प्राप्त गर्न पाएकोमा सबैले खुसी व्यक्त गर्दै यस्ता कार्यक्रमलाई अझै निरन्तरता दिनुपर्ने बताएका थिए।
आयोजित कार्यक्रममा वडा सदस्य विकास कुमार आचार्य महिला वडा सदस्य कल्पना सुनार मानवधिका पत्रकार संघ हुर्जाका सविन जिसी सूचना सञ्जाल उपाध्यक्ष टीका शर्मा पुर्व प्रहरी इकाई उपाध्यक्ष कृष्ण प्रसाद पौडेल समेतको उपस्थिति रहेको थियो।
महानगर सञ्जालका अध्यक्ष अनिल थापाको अध्यक्षतामा गरिएको कार्यक्रम सचिव सागर कार्कीले सञ्चालन गरेका थिए।
महानगर सूचना सञ्जालले आगामी दिनमा महनगरका सबै वडामा विस्तार गर्दै जाने जनाएको छ।