पर्वत सेवा समाज न्यूयोर्क अमेरिकाद्वारा विजयी उम्मेद्वारलाई बधाइ

पर्वत सेवा समाज न्यूयोर्क अमेरिकाले पर्वतबाट गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिका न्यूयोर्क च्याप्टरमा विजयी भएका आफ्ना उम्मेद्वारहरुलाई सम्मान तथा शुभकामना व्यक्त गरेको छ। 

संस्थाले गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिका न्यूयोर्क च्याप्टरमा विजयी भएका संस्थापक अध्यक्ष हेमन्तबहादुर मल्ल, कार्यसमिति सदस्य विशाल रेग्मी र कार्यसमिति सदस्य तथा अनुशासन समितिका संयोजक दिलिप कुमार लामिछानेलाई बधाई तथा शुभकामना व्यक्त गरेको हो। 

संस्थापक अध्यक्ष मल्ल अध्यक्षमा, रेग्मी कार्यसमिति सदस्य तथा लामिछाने युवा संयोजकमा निर्वाचित भएका छन्। बधाई तथा शुभकामना कार्यक्रममा संस्थाका बरिष्ठ उपाध्यक्ष सूर्यप्रसाद पौडेललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी समेत प्रदान गरिएको छ। 

कार्यवाहक अध्यक्ष पौडेलको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रममा संस्थाका उपाध्यक्ष नर बहादुर जिसी (राजु)ले स्वागत तथा संस्थाका सल्लाहकार बसन्त चापागाईंले शुभकामना मन्तब्य राखेका थिए।

यस्तै संरक्षक बाबुराम शर्माले विजयी सम्पूर्ण उम्मेदवारहरुलाई टीका तथा खादा लगाएर सम्मान गरेका थिए। कार्यक्रममा नवनिर्वाचित अध्यक्ष हेमन्तबहादुर मल्लले पर्वत र पर्वतवासीको विकास र समृद्धिमा पर्वत सेवा समाज न्यूयोर्क अमेरिकाले गर्ने हरेक कार्यक्रममा आफ्नो संस्थाको समेत सहयोग रहेन प्रतिबद्धता व्यक्त गरे। 

प्रकाशित मिति: : 2023-09-05 20:09:00

प्रतिकृया दिनुहोस्