प्रहरीलाई आइजीपीकाे निर्देशन– तस्करी राेक्न विमानस्थलमा चनाखाे रहनू

प्रहरी महानिरीक्षक (आइजीपी) बसन्त कुँवरले विमानस्थलबाट हुने तस्करी रोक्न विमानस्थल प्रहरीलाई निर्देशन दिएका छन्।

बुधबार बिहान विमानस्थलको निरीक्षण गर्दै आइजीपी कुँवरले विमानस्थलबाट हुने तस्करीलाई रोकथाम गर्न विमानस्थलमा खटिएको प्रहरीलाई निर्देशन दिएका हुन्।

उनले विमानस्थलमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको निस्स्वार्थ सेवा प्रवाह, निष्ठावान, इमानदार एवम् सिर्जनशील भई अवैध क्रियाकलाप रोकथाम, तस्करी नियन्त्रण, यात्रुमैत्री व्यवहारका साथै आर्थिक अनियमिततामा शून्य सहनशीलतालाई आत्मसाथ गरी काम गर्न निर्देशन दिएका छन्।

आइजीपी कुँवरले विमानस्थलबाट प्रस्थान र आगमन हुने यात्रुहरुलाई सुरक्षाको प्रत्याभूति हुने गरी सेवा प्रदान गर्न निर्देशनसमेत दिएका छन्।

प्रकाशित मिति: : 2023-09-06 11:01:00

प्रतिकृया दिनुहोस्