लुम्बिनीमा ओलीको अवज्ञा

नेकपा एमालेको दसौं महाधिवेशनपछि भएको प्रदेश अधिवेशनलाई अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत रूपमा नेतृत्व चयन गर्न–गराउन दिएको निर्देशन लुम्बिनी प्रदेशमा अवज्ञा भएको छ।

खुला र बन्द दुवै सत्रमा सम्बोधन गरेका अध्यक्ष ओलीले सर्वसम्मत रूपमा नेतृत्व चयन गर्न निर्देशन दिएका थिए तर उनको सो निर्देशनविपरीत मतदानबाट नेतृत्व चयन भएको छ।

लुम्बिनीमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलका समूहबिच कडा टक्कर भएको छ। उपाध्यक्ष पौडेलनिकट राधाकृष्ण कँडेलले झिनो मतले जित हासिल गरे।

प्रकाशित मिति: : 2023-09-07 08:03:00

प्रतिकृया दिनुहोस्