काठमाडौँ–१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन

काठमाडौँ–१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भएको छ।

डेंगी संक्रमणपछि ग्राण्डी अस्पतालमा उपचाररत रिजालकाे बिहीबार बिहान निधन भएको नेपाली कांग्रेस काठमाडौँ महानगरले जनाएकाे छ।

डेंगी संक्रमणपछि गत शुक्रबार अस्पतालमा भर्ना भएका रिजालकाे उपचारका क्रममा निधन भएको काठमाडौँ–१६ का वडासचिव प्रकाश खड्काले बिएल नेपाली सेवासँग पुष्टि गरेका छन्।

राम्राे काम गरेर नागरिकसामु लाेकप्रिय बनेका वडाध्यक्ष रिजाल दाेस्राे कार्यकालका लागि निर्वाचित भएपछि वडाबासी र पछिल्लाे समय काठमाडौँका मेयर बालेन शाहसमेत उत्साहित थिए।

त्यसाे त मेयर ‘बालेन’का सारथि थिए– वडाध्यक्ष रिजाल।

नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नम्बर–७ का सभापतिसमेत रहेका रिजाल गत स्थानीय तह निर्वाचनमा एमालेका लक्ष्मीरत्न तुलाधरलाई हराउँदै वडाध्यक्षमा निर्वाचित भएका थिए।

रिजालकाे पार्थिव शरीर श्रद्धाञ्जलीका लागि राष्ट्रिय सभागृहमा राखिने महानगरले जनाएकाे छ।

प्रकाशित मिति: : 2023-09-07 08:53:00

प्रतिकृया दिनुहोस्