अमेरिकी सेनाकाे टाेली नेपाल आउँदै, काठमाडौँको डाँडोमा बसेर २० दिन तालिम गर्ने

१२ सदस्यीय अमेरिकी सेनाको टोली आज (बिहीबार) नेपाल आउँदैछ।

भक्तपुरको नगरकोटमा हुने नेपाली सेनासँगको २० दिने संयुक्त अभ्यासको लागि अमेरिकी सेनाको टोली आज दिउँसो आफ्नै विमानमार्फत् काठमाडौँ आउन लागेको हो।

अमेरिकी सेना र नेपाली सेनाबीच यही भदौ २४ देखि असोज १२ गतेसम्म संयुक्त अभ्यास हुने नेपाली सेनाले जनाएको छ।

संयुक्त अभ्यासमा विपद् व्यवस्थापन, खोज तथा उद्धार, मानवीय सहायता, शान्ति सेनामा खटिँदाको भूमिका लगायतका विषयहरुमा अनुभव तथा ज्ञान आदान प्रदान हुने बताइएको छ।

प्रकाशित मिति: : 2023-09-07 08:47:00

प्रतिकृया दिनुहोस्