ओखलढुङ्गामा हत्याकाे आरोपमा ८३ वर्षीय वृद्ध पक्राउ परेका छन्। छिमेकी ८३ वर्षीय सोमबहादुर अधिकारीको हत्या गरेको आरोपमा प्रहरीले सुनकोशी गाउँपालिका– ८ च्यानम माँझ गाउँका ८३ वर्षीय तिलकबहादुर कटुवाललाई पक्राउ गरेको हो ।
दुवै जनाबीच बुधबार बिहान सामान्य भनाभन भएको थियो। गोठबाट दूध लिएर घर फर्कदै गरेका अधिकारी कट्वालले धकेल्दा लडेर घाइते भएका थिए।
गम्भीर घाइते अधिकारीलाई उपचारको लागि अस्पताल ल्याइएकोमा अस्पताल पुर्याउना साथ अस्पतालले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक विकास राईले जानकारी दिएका छन्।
घटनामा संलग्न वृद्धलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। बुधबार साँझ पक्राउ परेका वृद्ध कटवाल प्रहरी हिरासतमा छन्।