एमसीसी कार्यन्वयनमा आएपछि १२ बुँदे व्याख्याको अवस्था बुझ्न जनता उत्सुक छन्: हेमराज राई

सांसद हेमराज राईले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) कार्यन्वयनमा आउँदा १२ बुँदे व्याख्याको अवस्थाबारे जानकारी नगराइएकोप्रति आपत्ति जनाएका छन्।

बिहीबारको प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद राईले एमसीसी कार्यन्वयनमा ल्याउँदा १२ बुँदे व्याख्याबारे जानकारी नगराउनु दु:ख भएको बताए।

सांसद राइले भने, ‘यो परियोजना नेपालको संसदले पारित गरिरहँदा यससम्बन्धी १२ बुँदे व्याख्या पनि पारित गरेको थियो। त्यो व्याख्याको हैसियत र मान्यता कुन अवस्थामा राखेर सरकारले यो कार्यन्वयनमा लग्यो भन्ने जान्न आज सचेत नेपालीहरु उत्सुक छन्। तर, कार्यन्वयनमा गएको हप्ता दिन बितिसक्दा पनि नेपाल सरकारले यसबारे कुनै जानकारी गराएको छैन र सत्ता पक्ष मौन बसेको छ यो गम्भीर आपत्तिको विषय हो।’

संसदले पारित गरेको हरेक प्रस्तावको अवस्थाको जानकारी प्राप्त गर्ने अधिकार संसदको भएको र त्यसबारे जानकारी दिने कर्तव्य सरकारको भएको भन्दै राई भने, ‘यसबारे सरकारले जानकारी गराओस् भन्ने माग गर्दछु।’

प्रकाशित मिति: : 2023-09-07 14:26:00

प्रतिकृया दिनुहोस्