महेन्द्र यादवमाथि भएको आक्रमण संविधानमाथिकाे आक्रमण हाे: रामहरि खतिवडा


नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमण संविधानमाथिकाे आक्रमण भएकाे बताएका छन्।

प्रतिनिधिसभाकाे बिहीबारकाे बैठकमा बाेल्दै नेता खतिवडाले नेपालकाे प्रजान्त्रिक आन्दाेलनमा यादवकाे ठुलाे भूमिका भएकाे भन्दै उनीमाथिकाे आक्रमण कानुनीराज्यमाथिकाे आक्रमण भएकाे बताए।

उनले भने, ‘हामीले गरेकाे उपलब्धिहरूलाई अवमूल्यन गर्दै याे व्यवस्था र पद्दति ठिक छैन भन्ने नाउँमा दिनदहाडै खुकुरी प्रहरी गर्ने जुन प्रवृति छ यसमा हामी घाेर भर्त्सना गर्दछाैँ।’

यादवमाथि भएकाे आक्रमणको गृहमन्त्रीले जवाफ सदनमा दिनुपर्ने बताएकाे छन्। ‘गृहमन्त्रीज्यूलाई अनुराेध गर्न चाहन्छु- गृहमन्त्रीज्यू सुन तस्करी र किर्ते नागरिकता बनाउने मान्छेहरू दिनदहाडै बाहिर हिँडिरहेका छन्। तर नेतामाथि खुकुरी प्रहार गर्ने मान्छेलाई कानुनी कारबाही गर्ने/नगर्ने? तीमाथि कानुनी कारबाही हुन्छ/हुँदैन? त्यसतिर गृहमन्त्रीले सदनमा आएर जवाफ दिनुपर्याे भनेर अनुराेध गर्न चाहन्छु। 

प्रकाशित मिति: : 2023-09-07 15:52:00

प्रतिकृया दिनुहोस्