राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित

File Photo
File Photo

राष्ट्रियसभाको यही भदौ २४ गते आइतबार बिहान ११ बजेका लागि निर्धारित बैठक स्थगित भएको छ।

सङ्घीय संसद् सचिवालयद्वारा आज जारी सूचनामा बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकाले अर्को सूचना जारी नभएसम्म स्थगित भएको उल्लेख छ।

राष्ट्रियसभा नियमावली, २०७५ बमोजिम अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्को सूचनाद्वारा तोकिएको मिति र समयमा बस्ने गरी बैठक स्थगित गरेको सचिवालयका महासचिव डा भरतराज गौतमले जानकारी दिए।

प्रकाशित मिति: : 2023-09-08 17:04:00

प्रतिकृया दिनुहोस्