अपडेटः बाँकेमा बस दुर्घटनामा मृत्युु हुनेकाे संख्या ७ पुग्याे

पूर्वपश्चिम राजमार्ग अन्तरगत बाँकेकाे राप्तीसाेनारी गाउँपालिका- ८ शम्शेरगन्जमा भएकाे बस दुर्घटनामा परी मृत्युु हुनेकाे संख्या ७ पुगेकाे छ। 

मृत्युु हुनेमा बस चालक जोगेन्द्र चन्द, ५५ वर्षीय काशीराम थारु, ५० वर्षीया रुपा परियार, करिब ४० वर्षिया जयन्ती थारु र ५५ वर्षीया कस्तुरी थापा छन्।

अन्य दुई जनाकाे परिचय नखुलकाे जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी तथा सूचना अधिकारी नारायण डाँगीले जानकारी दिए। 

उनका अनुसार आज साँझ करिब ७ बजे राेकिराखेकाे ना ८ ख ६४०५ नम्बरको ट्रकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेकाे ना ७ ख २३२१ नम्बरको बस ठाेकिएकाे हाे। 

बसमा बर्दियाकाे बेतहनी  सामुदायिक वनका सदस्यहरू चढेका थिए। उनीहरू चितवनकाे भ्रमण सकेर घर फर्कदै गरेकाे बताइएकाे छ।

बसमा सवार २५ जना बढी घाइते भएकाे र उनीहरूकाे मेडिकल कालेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ।

प्रकाशित मिति: : 2023-09-08 23:48:00

प्रतिकृया दिनुहोस्