खर्चै गर्न मन भए के वृद्धाश्रम र बाल आश्रममा तीज मनाउन सकिँदैन ?

रातोपाटी

काठमाडाैँ

महिलाले महिला सशक्तीकरणको बिगुल फुक्नुपर्छ, तर महिलाले नै विकृति जन्माइरहेका छन् भने सो विरुद्ध आवाज उठाउन र कलम चलाउन भने पक्कै छाड्नुहुन्न । 

‘चार वर्ण छत्तीस जातको साझा फूलबारी’ हो हाम्रो राष्ट्र । यहाँका फरक–फरक जातजाति, धर्म अनि मनाइने चाडपर्व हाम्रा गौरव हुन् । संस्कृतिमा धनी राष्ट्र नेपालमा बर्सेनि विभिन्न धार्मिक चाडपर्व मनाइन्छ । यसै क्रममा वर्ष २०८० को तीज पनि नजिकमा आइसकेको छ । हिन्दु नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाडका रूपमा तीजलाई लिन सकिन्छ ।

यो चाड भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म चार दिन मनाइन्छ । तीजमा भगवान् शिवको आराधना गरिनुकासाथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ । विशेषतः विवाहिता महिलाले श्रीमान्को लामो आयु र सुस्वास्थ्यको कामना गर्दै, अविवाहिताले कुशल वरको प्राप्ति, पारिवारिक सद्भाव, एकता र मेलमिलापको मनोकाङ्क्षा राख्दै यो पर्व मनाउँदै आएका छौँ । 

प्रकाशित मिति: : 2023-09-09 07:59:00

प्रतिकृया दिनुहोस्