एएफसी एसियन कप छनोटका लागि फुटसल टोलीको घोषणा

अक्टोबरमा मंगोलियामा हुने एएफसी फुटसल एसियन कप छनोट २०२४ को लागि राष्ट्रिय फुटसल टोलीको घोषणा भएको छ।

मुख्य प्रशिक्षक गौरव बस्नेतले १४ सदस्यीय टोलीको घोषणा गरेका हुन्। अखिल नेपाल फुटबल संघ (एन्फा)ले चार दिनको खुल्ला छनोट प्रतियोगिता गरेको थियो जसमा २०० जनाभन्दा बढीले सहभागीता जनाएका थिए।

नेपाल सहित आयोजक राष्ट्र  मंगोलिया,भियतनाम र दक्षिण कोरिया समूह डी मा रहेका छन्।

यस्तो छ टोली :

गोलकिपर: आशिष डंगोल, सागर गुरुङ

फिक्सो: विजय श्रेष्ठ, सरोज तामाङ, सान्जे स्याङ्गतान

अला: आदिल हमिद, अमित तामाङ, अरुज सिंह, सुमित श्रेष्ठ, उज्वल शाही, रजत तिवारी, दिपेश घले

पिभोट: सुजित बुढाथोकी, मणी कुमार लामा

प्रकाशित मिति: : 2023-09-10 17:41:00

प्रतिकृया दिनुहोस्