भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ रिहा

File Photo
File Photo

ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ रिहा भएका छन्।

जिल्ला अदालत काठमाडौँले गुरुङलाई दुई करोड ४६ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएपछि उनी आइतबार साँझ रिहा भएका हन्।

अदालतले केशव तुलाधरलाई साधारण तारिखमा र अरू सबै आरोपितलाई धरौटीमा छाड्न आदेश दिएको थियाे।

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले सरकारी कागजात कीर्ते आरोपमा मुद्दा चलाएको थियो।

प्रकाशित मिति: : 2023-09-10 18:36:00

प्रतिकृया दिनुहोस्