सुवास नेम्वाङको निधनपछि काँग्रेसले स्थगित गर्‍यो विपी साहित्य महोत्सव

नेपाली काँग्रेसले पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी विपी साहित्य महोत्सव स्थगित गरेको छ।

संविधानसभा अध्यक्ष एवम् एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएपछि महोत्सव स्थगित गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

आइतबारदेखि सुरु भएको महोत्सव आज समापन हुने कार्यतालिका थियो।

नेम्वाङको मंगलबार बिहान साढे १ बजे हृदयघातबाट निधन भएको थियो। नेम्वाङको पार्थिव शरीर श्रदाञ्जलीको एमाले मुख्यालयमा राखिँदैछ।

त्यस्तै सरकारले नेम्वाङलाई राजकीय सम्मान दिने तथा अत्यष्टिको दिनको सार्वजनिक बिदा दिने घोषणा गरेको छ। 

प्रकाशित मिति: : 2023-09-12 11:41:00

प्रतिकृया दिनुहोस्