प्रतिनिधिसभाको बुधबारको बैठक स्थगित

File Photo
File Photo

संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनका कारण यही भदौ २७ गते बुधबार दिउँसो १ बजेका लागि राखिएको प्रतिनिधिसभाको बैठक स्थगन भएको छ।

संसद् सचिवालयका महासचिव डा भरतराज गौतमले सूचना जारी स्थगन भएको बैठक सभामुखले नेम्वाङप्रति शोक प्रस्ताव पारितको प्रयोजनका लागि भदौ २८ गते बिहीबार दिउँसो ३ बजे तोकेकाे जनाएका छन्।

आजका लागि निर्धारण भएको प्रतिनिधिसभाको संसदीय सुनुवाइ समिति र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक पनि स्थगन भएको छ।

प्रकाशित मिति: : 2023-09-12 17:19:00

प्रतिकृया दिनुहोस्