सुवासजीसँग आज भेट्ने कुरा थियो तर पार्थिव शरीरमा हेर्न बिदाइ गर्न विवश भएँ– ओली

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले स्व.सुवासचन्द्र नेम्वाङसँग आजै (मंगलबार) भेट्ने कुरा भएको पनि सम्भव नभएको गुनासो प्रकट गरेका छन्।

हृदयघाटबाट निधन भएका संविधानसभा अध्यक्ष तथा पार्टी उपाध्यक्षसमेत रहेका नेम्वाङसँग आज भेट्ने कुरा भएपनि उनको पार्थिव शरीरमा बिदाइ गर्न विवश भएको बताएका हुन्।

धरानको कार्यक्रमबाट फर्किएपछि नेम्वाङसँग फोनमा कुरा भएको र आज भेट्ने योजना रहेको ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मंगलबार बिहान भेट्ने कुरा भएको थियो। तर, आज मंगलबार नै उहाँको पार्थिव शरीर हेरेर बिदाइ गर्न विवश भएँ।’

प्रकाशित मिति: : 2023-09-12 19:00:00

प्रतिकृया दिनुहोस्