शारीरिक व्यायामका लागि दिनकाे एक घण्टा समय छुट्याउनुपर्छ: स्वास्थ्यमन्त्री

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले प्रत्येक नागरिकले दिनको एक घण्टा समय शारीरिक व्यायामको लागि छुट्याउनुपर्ने बताएका छन्।

चितवनको खैरहनी नगरपालिका– ११ गैँडाहाबाट सुरु भएको ‘ब्युटिफुल माइण्ड’ राष्ट्रिय जनजागरण अभियानको आज उद्घाटन गर्दै मन्त्री बस्नेतले शरीर स्वस्थ राख्नका लागि व्यायाम अनिवार्य भएको बताए। ‘मैले बिहान नसके बेलुका व्यायाम गर्छु। स्वास्थ्य स्वस्थ राख्न व्यायाम आवश्यक छ’, उनले भने, ‘एक घण्टा आफ्नो लागि छुट्याउनुपर्छ।’ बेलैमा दैनिक व्यायाम गरेमा दीर्घरोगको समस्या नहुने उनले बताए। व्यायाम गरेपछि मानसिक स्वास्थ्यसमेत ठीक हुने मन्त्री बस्नेतको भनाइ छ।

उनले स्वास्थ्य र शिक्षा निःशुल्क भए आत्महत्याको दरसमेत कम हुने बताए। स्वास्थ्य र शिक्षालाई सहज बनाउनतर्फ सरकार लागेको उनको भनाइ छ। ‘अहिले नेपाल सकारले प्लस टुसम्म निःशुल्क गर्ने व्यवस्था ल्याउँदै छ’, उनले भने, ‘हुनेखानेका लागि सहज बनाउने र गरिबलाई निःशुल्क बनाउने हो।’ कम्तीमा स्नातक तहसम्म निःशुल्क शिक्षा दिन सरकारले सक्नुपर्ने बताए।

मन्त्री बस्नेतले आफू मन्त्री भएपछि स्वास्थ्य क्षेत्रमा सुधारको प्रयास गरेको बताए। ‘अहिले जनरल बेड निःशुल्क गरिएको छ। प्राइभेटमा पनि १० वटा बेड निःशुल्क हुनुपर्ने व्यवस्था गरेका छौँ’, उनले भने, ‘गरिब र विपन्नले पनि सहज उपचार पाउनुपर्छ भन्नेमा सरकार छ।’

ज्यानमारा बन्दै 'हृयदघात'

प्रकाशित मिति: : 2023-09-13 05:52:00

प्रतिकृया दिनुहोस्