ज्यानमारा बन्दै 'हृयदघात'

मिनु गोले

काठमाडौं

पूर्व सभामुख तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले मंगलबार बिहान प्राण त्यागे। नेम्वाङको यो प्राण त्याग सामान्य थिएन। 

सोमबार साँझसम्म राम्रै सुतेका उनी केही असज भएको भन्दै राती १ बजे त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुगे। 

उपचारकै क्रममा उनको बिहान ३ बजे मृत्यु भयो। मृत्युको कारण एउटै छ, त्यो हृदयघात हो। 

हृदयघातपछि नेम्वाङको मृत्यु भएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ। अघिल्लो दिन सोमबारसम्म स्वस्थ रहेका नेम्वाङको बिहानै एकाएक मृत्युको खबरले देशनै शोकमा पर्यो। 

यद्यपी उनी यस अघिदेखि नै हृदयघातका बिरामी थिए। तर नियमित डाक्टरको निगरानीमा रहेका नेम्वाङ मंगलबार बिहान ३ बजेदेखि यो संसारमा रहेनन्। 

एमालेका उपाध्यक्षसमेत रहेका नेम्वाङको हृदयघातका कारण मृत्यु भएपछि हृदयघात के हो? एक पटक फेरि चर्चामा आएको छ। 

हृदयघात एक किसिमको दुर्लभ प्रकारका रोग हो। एक्कासि रक्तासंञ्चरमा  अवरोध आएर मुटुको मांसपेशी बन्द हुनु नै हृदयघात हुनु हो। 

त्रिवि शिक्षण अस्पतालका डा. अनिल भट्टाईका अनुसार बिरामीको मुटुको धमनीमा अवरोध भएमा छातिको बिच वा देब्रे तिर दुख्ने, पसिना आउने र बेहोस हुने गर्छन्। 

के हृदयघात भएमा मान्छे मरिहाल्छ? त्यस्तो पनि होइन। ‘हृदयघात सामन्य र जटिल खालको हुन्छ,’ डा. भट्टराईले भने  ‘हृदयघात हुने मान्छेहरु सबै मर्छन भन्ने हाेइन। एकदमै ठुलो जटिल अवस्थामा पुगेको बिरामीको मात्रै मृत्यु हुन्छ।’ 

एक तथ्यांकअनुसार नेपालमा वर्षमा एक करोट ८० लाख मानिसहरुको मृत्यृ  हुन्छ। जसमा ३० प्रतिशत मानिसको मृत्यु हुदयघातका करण हुने गरेको बताइन्छ। 

पछिल्लो समय हृदयघात रोग बढ्दै गएको डाक्टरहरु बताउँछन्। यस रोगलाई विश्वमा सबैभन्दा बढी मानिसको ज्यान लिने रोगमध्येमा लिइने गरिन्छ। 

विश्व स्वास्थ्य संगठनले यो रोग वर्षेनी बढ्दै गएको र समस्याको रुपमा देखिन थालेको बताएको छ। हृदयघात भएका ५० जनामध्येमा ३३ जनालाई मात्रै बचाउँन सकिने डा. भट्टराई बताउँछन्।

कस्ता मानिसहरूलाई हृदयघात हुन्छ? 
हृदयघात यही मानिसलाई देखिने भन्ने छैन। तर मोटोपना भएका, पेटको बोसोले समस्यामा परेका मानिसहरु सधैं यस रोगको जोखिममा रहेको पाइने डा. भट्टराईले बताए।
 
उच्च रक्तचापबाट पीडित व्यक्तिहरूलाई पनि  हृदयघात हुनसक्छ। निद्रा नपुगेका मानिसलाई मुटुसम्बन्धी रोग लाग्न सक्छ। समयमै खाना नखानु, डाक्टरको सल्लाहविना औषधि सेवन गर्ने व्यक्तिको मुटुको धड्कन असामान्य हुने र हृदयघात हुन सक्ने सम्भाना हुन्छ। 

लक्षणहरु के–के हुनसक्छन्?
मुटुका केही रोगहरू जस्तै, उच्च रक्तचाप, उच्च रक्त कोलेस्टेरोल, मधुमेह आदिको कुनै लक्षणहरू नहुन पनि सक्छ।
 
यी रोगहरू परीक्षण गरेपछि मात्र पत्ता लाग्छ। यसकारण मुटु रोगको कुरा गर्दा नियमित स्वास्थ्य परीक्षणलाई धेरै महत्व दिइन्छ भने  मानिसको आकस्मिक मृत्यु धेरैजसो मुटु रोगकै कारणबाट हुन्छ।
–छाती दुख्ने
–साइकल चड्र्दा समस्या हुने
–मानासिक तानव हुने
–कसैकसैको हात दुख्ने 
  
हुदयघात के कारणले हुन्छ ?
हुदयघत के कारणले हुन्छ भन्ने कुरा अहिलेसम्म मुख्य कारण पता लागेको छैन। 
तर केही कारण यस्ता छन्ः
–सुगर भएमा
–चुरोट सेवन
–व्ययामको कमी 
–मानसिक तनव
–मोटोपन
–परिवर्तन गर्न नसकिने कारक तत्व
–उमेर जति बढ्दै गयो त्यति नै हृदयघात हुने बढी सम्भवन हुन्छ
–पुरुषमा बढी  हृदयघात हुन्छ 
 

प्रकाशित मिति: : 2023-09-13 06:30:00

प्रतिकृया दिनुहोस्