दाङमा दुई महिनामा सर्पको टोकाइबाट ६ जनाको मृत्यु, १०७ जना घाइते  

सांकेतिक तस्बिर
सांकेतिक तस्बिर

दाङमा सर्पको टोकाइबाट दुई महिनामा ६ जनाको मृत्यु भएको छ। 

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार दुई जना बालबालिकासहित ६ जनाको मृत्यु भएको हो। 

साउनमा १ महिला, २ पुरुष र २ जना बालबालिका सर्पले डस्दा मृत्यु भयो। भदौमा १ पुरुषको मृत्यु भएको छ। 

जिल्लामा सर्पले डस्दा दुई महिनामा १०७ जना घाइते भएका छन्। साउन महिनामा ७० जना र भदौ महिनामा ३७ जना सर्पले डस्ता घाइते भएको प्रहरीको तथ्यांकमा छ।

प्रकाशित मिति: : 2023-09-13 16:01:00

प्रतिकृया दिनुहोस्