नेपाली काँग्रेसका महामनत्री गगनकुमार थापाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउँदा काँग्रेस कार्यकर्ताहरुले चित्त दुखाउन नहुने बताएका छन्।
बुधबार नेपाली काँग्रेस पोखरा महानगर समितिको दोस्रो महानगर सम्मेलनलाई सम्बोधन गर्दै उनले प्रचण्डलाई प्रधानमन्त्री स्वीकार गर्दा कांग्रेसका कार्यकर्ताले चित्त दुखाउन नहुने बताएका हुन्।
उनले काँग्रेस लोकतान्त्रिक र प्रतिस्पर्धात्मक राजनीतिमा विश्वास गर्ने पार्टी भएकाले द्वन्द्वमा लागेको माओवादीलाई शान्ति प्रक्रियामा ल्याएर देशको समृद्धितर्फ अगाडि बढिरहेको बताए।
मिसन २०८४ मा पनि काँग्रेस नै सबैभन्दा ठुलो पार्टी बन्ने दाबी गर्दै कार्यकर्तालाई विचलित नहुन उनको आग्रह छ। काँग्रेस भ्रष्टाचार विरोधी अभियानमा रहेको भन्दै उनले भ्रष्टाचारमा लाग्ने आफ्नै नेता तथा कार्यकर्तालाई पनि जोगाउने पक्षमा पार्टी नरहेको स्पष्ट परे।