विद्यालय शिक्षासम्बन्धी विधेयक : शिक्षकलाई राजनीतिमा लगाम

नयाँ पत्रिका दैनिक

शिवहरि घिमिरे

विद्यालय शिक्षा गुणस्तरीय बनाउन शिक्षकलाई अनुशासित र पेसाप्रति जिम्मेवार बनाउने गरी सरकारले कानुन बनाउने पहल थालेको छ । संसद् सचिवालयमा बुधबार दर्ता ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८०’ मा शिक्षकलाई राजनीतिबाट सम्पूर्ण रूपमा टाढा राख्ने प्रस्ताव छ । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले संसद् सचिवालयमा दर्ता गरेको विधेयकमा शिक्षकहरूको योग्यतादेखि उनीहरूको सरुवा र बढुवासम्मको नयाँ प्रावधान छन् । शिक्षकको सम्पत्ति विवरणदेखि विद्यालयको सम्पत्ति हिनामिना गरे कारबाहीसम्मको व्यवस्था विधेयकमा छ । 

प्रकाशित मिति: : 2023-09-14 10:08:00

प्रतिकृया दिनुहोस्