अमेरिकामा लुकेर बसेकी कालीकोटको तीलागुफा नगरपालिकाकी तत्कालीन उपमेयर दन्ता नेपाली (दर्शना)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई न्युयोर्कमा भेटेकी छिन्।
प्रचण्ड संयुक्त राष्ट्रसंघको ७८औं महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क पुगेको समयमा दर्शनाले भेटेकी हुन्।
२०७६ असोज २६ गते तीलागुफा नगरपालिकाले उनलाई ‘इन्टरनेसनल सिटी म्यानेजर एसोसिएसन’ (आइसिएमए)ले आयोजना गरेको गोष्ठीमा जान सिफारिस गरेको थियो। सोहीअनुसार उनी सोही सालको कात्तिक १ गते अमेरिका गएकी थिइन्।
अमेरिका गएकी उनी उतै लुकेर बसेकी थिइन्। २०७४ को स्थानीय तह निर्वाचनमा तत्कालीन माओवादी केन्द्रबाट उपमेयरको उम्मेदवार बनेकी नेपाली १ हजार ८४३ मत ल्याएर निर्वाचित भएकी थिइन्।