भैंसीको पाडी करणी गरेको आरोपमा मोरङको पथरीशनिश्चरेबाट एक युवा पक्राउ परेका छन्।
मोरङको पथरीशनिश्चरे नगरपालिका वडा–२ मा रहेको सामुदायिक वन क्षेत्रमा स्थानीय पशुपालक किसानले चरनमा बाँधेको भैँसीको पाडीलाई वन क्षेत्रमा लगेर उनले करणीको प्रयास गरेको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ।
आइतबार बिहान करिब ११ बजेतिर चरनमा बाँधेको भैँसीको पाडी पशुपालक किसानले साे ठाउँमा नदेखेपछि पाडीको खोजीनिती भएको थियो।
खोजीका क्रममा बाँधेको स्थानदेखि केही माथि लगी उनले पाडीलाई करणी गर्नै लाग्दा स्थानीयले देखेर आरोपितलाई नियन्त्रणमा लिई प्रहरीलाई खबर गरेका थिए।
प्रहरीले पाडीलाई बलात्कार गरेको आरोपमा झापाको शिवसताक्षी नगरपालिका वडा नम्वर ७ बस्ने वर्ष ४१ का अशोक (नाम परिवर्तन) पक्राउ परेको ईलाका प्रहरी कार्यालय पथरीका डिएस्पी गणेश कुमार श्रेष्ठले बताएका छन्।
प्रहरीका अनुसार पक्राउ परेका अशोकमाथि आवश्यक कानुनी उपचार थालिएको र उनलाई हाल ईलाका प्रहरी कार्यालय पथरीको हिरासतमा राखिएको प्रहरीले जनाएको छ।