शिक्षकहरूकाे प्रदर्शनले बानेश्वर तनावग्रस्त (तस्बिरहरू)

शनि शाक्य

काठमाडौं

शिक्षकहरूकाे प्रदर्शनले काठमाडौँको नयाँ बानेश्वर तनावग्रस्त भएकाे छ।

विद्यालय शिक्षासम्बन्धी विधेयकविरुद्ध प्रर्दशनमा उत्रिएका शिक्षकहरूले निषेधित क्षेत्र तोड्न खाेजेपछि त्यसलाई रोक्न खाेज्दाे उनीहरूले प्रहरीमाथि ढुङ्गा हानेका छन्।

प्रदर्शनकारीहरूले प्रहरीलाई ढुङ्गा, बाेतल हानेर बार ताेड्ने प्रयास गरिरहेका छन्।

सङ्घीय संसद्मा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकका केही प्रावधानमा असन्तुष्टि जनाउँदै शिक्षकहरूले बुधबारदेखि आन्दाेलनमा उत्रिएका हुन्।

सरकारले आफ्ना माग सम्बोधन गर्न नसक्ने भन्दै शिक्षक महासङ्घकाे आह्वानमा आज पनि नयाँ बानेश्वरमा प्रदर्शन गरिरहेका छन्।

प्रकाशित मिति: : 2023-09-21 13:26:00

प्रतिकृया दिनुहोस्