नेपाल सुपर लिग (एनएसलएल)को ड्राफ्टमा १९५ जना खेलाडी परेका छन्।
मंसिरकाे दोस्रो सातादेखि काठमाडौँमा आयोजना हुने एनएसएलको ड्राफ्टमा परेका खेलाडीलाई ए बी र सी गरेर तीन समूहमा विभाजन गरिएको छ। जसमा ‘ए’ श्रेणीमा ४१ खेलाडीलाई राखिएको छ।
श्रेणी 'ए'मा अनन्त तामाङ, आषिश चौधरी, अभिषेक बराल, अन्जल महर्जन अनीश, देउला, अन्जन विष्ट, आषिश गुरुङ, अन्जन राई, एरिक विष्ट, आयूष घलान, आभास लामिछाने, विकेश कुथु, विमल घर्तीमगर, विराज महर्जन रहेका छन्।
त्यसैगरी छिरिङ लामा, दीप कार्की, दिनेश हेन्जन, देवेन्द्र तामाङ, दिपेश गुरुङ, विशाल श्रेष्ठ, जिलेस्पीजंङ कार्की, किरण चेम्जोङ,नवयुग श्रेष्ठ, मनिष डाँगी, हिसुब थपलिया, कमल श्रेष्ठ,मनिकुमार लामा सन्जिव विष्ट, प्रकाश बुढाथोकी, रोहित चन्द, सनिश श्रेष्ठ, सेसेहाङ आङदेम्बे, सिमान्त थापा, सुदीप गुरुङ, सुरजज्यू ठकुरी, छिरिङ गुरुङ, उत्सव राई र सुवास गुरुङ रहेका छन्।
आयोजक नेपाल स्पोर्टस एन्ड एभेन्ट म्यानेजमेन्ट प्रा.लीले यो दोस्रो पटक एनएसएलको आयोजना गर्न लागेको हो।