नेपाल क्रिकेट संघ (क्यान) का नवनिर्वाचित अध्यक्ष चतुरबहादुर चन्दले अबकाे कार्यकाल उत्कृष्ट बनाउने बताएका छन्।
शनिबार दाेस्राे पटक क्यानका अध्यक्षमा निर्विराेध निर्वाचित भएका चन्दले भने, ‘पछिल्लो कार्यकालमा साेचेकाे जस्तो काम गर्ने सकिएन, अबकाे कार्यकाल उत्कृष्ट हुनेछ।’
आज शनिबार हुने निर्वाचनका लागि उमेदवारी दर्ताकाे समयसम्म अध्यक्षमा चन्द, उपाध्यक्षमा रोशन सिंह र कोषाध्यक्षमा पदमबहादुर खड्काबाहेक अरू कसैको उमेदवारी दर्ता नभएपछि उनीहरू निर्विरोध भएका हुन्।