नेपाल क्रिकेट संघ (क्यान)ले फ्रेन्चाइज क्रिकेट नेपाल प्रिमियर लिग आफैं आयोजना गर्ने निर्णय गरेको छ।
क्यानकाे मंगलबार बसेको कार्यसमिति बैठकले एनपीएल आयोजना गर्नका लागि प्रक्रिया अगाडि बढाउने निर्णय गरेको अधिकारीहरूले जनाएका छन्।
क्यानले नेपाल प्रिमियर लिग मार्च र अप्रिलमा आफैं आयोजना गर्ने निर्णय गरेको नेपाल क्रिकेट संघका एक पदाधिकारीले जनाएका छन्।
अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्कासहित बसेको पहिलो बोर्ड बैठकले एनपीएल आयोजना गर्ने निर्णय गरेको हाे।
यस्ता छन् क्यानका १० निर्णयहरू—