टि– २० मा नेपालको विश्व कीर्तिमानी, मंगोलियालाई ३१५ रनको लक्ष्य

चीनमा जारी १९औँ एसियाली खेलकुद (एसियाड)अन्तर्गतको पहिलो खेलमा नेपालले मंगोलियालाई ३ सय १५ रनको लक्ष्य दिएको छ।

नेपाली समयअनुसार बुधबार बिहान ६ : ४५ बाट सुरु भएकाे खेलमा नेपालले मंगोलियविरुद्ध निर्धारित २० ओभरमा ३ विकेट गुमाएर ३ सय १४ रन बनायो। याे टि- २० काे अहिलेसम्मकै सर्वाधिक स्काेर हाे।

यसअघि अफगानिस्तानले आयरल्याण्डविरुद्ध र चेक रिपब्लिकले टर्कीविरुद्ध समान २७८ रन बनाएका थिए।

नेपालले उत्कृष्ट प्रदर्शनी गरेको यस खेलमा नेपालका कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले विश्व कीर्तिमानी कायम गरे।

कुशल ३४ बलमा शतक प्रहार गर्न सफल भए। भने, दीपेन्द्रले १० बलमा अर्थशतक प्रहार गरे।

प्रकाशित मिति: : 2023-09-27 09:03:00

प्रतिकृया दिनुहोस्