‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजनाअन्तर्गत रानिवास भोजपुरका भुपाजित राईले जितेको पुरस्कार रकम हस्तान्तरण गरिएको छ।
राईको घरमा नै पुगेर डिश मिडिया नेटवर्कका प्रतिनिधिले उनको अनुपस्तिथिमा उनको परिवारलाई नगद एक लाख रूपैयाँ हस्तान्तरण गरेका हुन्।
बाजागाजासहित एक कार्यक्रमको आयोजना गरी सम्मानसहित उक्त पुरस्कार रकम प्रदान गरिएको थियो। यही असोज ८ गते सोमबार भएको ‘लक्की ड्र’मार्फत भोजपुरका राईले नगद एक लाख रूपैयाँ जितेका हुन्।
नेपालकै अग्रणी डि.टि.एच सेवा प्रदायक डिशहोमले दसैँ, तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ सार्वजनिक गरेको हो।
याे योजनाअन्तर्गत डिशहोमको नयाँ जडान अथवा रिचार्जमा ग्राहकहरुले हरेक हप्ता लक्की ड्र मार्फत नगद एक लाख रूपैयाँ प्राप्त गर्न, मिडिया कभरेज प्राप्त गर्न र सेलिब्रेटीझैँ जीवनशैली अनुभव गर्न सक्नेछन्।
त्यस्तै यस अभियानका बम्पर विजयी ग्राहकले सिजनकै मेगास्टार बन्ने मौका प्राप्त गर्नेछन्, जसमा नगद दश लाख रूपैयाँ, मिडियामा प्रसिद्धी र सेलिब्रेटीझैँ जीवनशैलीको अनुभव पनि गर्न पाउनेछन्। यस अभियानमा सहभागी हुनका लागि ग्राहकहरुले डिशहोमको नयाँ कनेक्सन वा डिशहोम रिचार्ज गर्नुपर्ने हुन्छ।
सुपरस्टारको छनोट हरेक हप्ताको सोमबार डिशहोमको शोकेश, सरोकार टिभी, रमाइलो टिभी, डिशहोमको आधिकारीक फेसबुक पेज र ईमेज टिभीमा साँझ पाँच बजे प्रत्यक्ष प्रसारण हुनेछ। ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ अभियान आश्विन १, २०८० देखि सीमित अवधिको लागि नेपालभर लागू हुनेछ।