नेपालकाे लागि सन्दीप लामिछानेले लिए तेस्राे विकेट

१९औँ एसियाली खेलकुद (एसियाड)अन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा भारतविरुद्ध नेपाललाई तेस्राे सफलता मिलेकाे छ।

१२.५ ओभरमा नेपालका सन्दीप लामिछानेले भारतका जितेश शर्मालाई आउट गरेका छन्। उनी ५ रनमा आउट भए।

त्यसअघि साेमपाल कामीले भारतका टिलक बर्मालाई २ रनमै आउट गरेका थिए।

त्यस्तै नेपालका दीपेन्द्रसिंह ऐरीले भारतका कप्तान रुतुराज दशरथलाई २५ रनमा आउट गरेका थिए।

अहिले भारतले ११९ रन बनाएर खेलिरहेकाे छ।

प्रकाशित मिति: : 2023-10-03 07:44:00

प्रतिकृया दिनुहोस्