भाइरल गर्ल: मनिषा रानीको ‘संघर्ष’ को कथा (फोटोफिचर)

तस्बिर: सामाजिक सञ्जाल
तस्बिर: सामाजिक सञ्जाल

सोसल मीडियामा चर्चित छिन्, मनिषा रानी। आफ्नो सुन्दर अनुहार र चन्चली स्वभावको कारण उनीले सामाजिक सञ्जालमा निकै चर्चा बटुलेकी छिन्।

सानैदेखि डान्समा करिअर बनाउन चाहेकी मनिषाले स्कुलको पढाइ पूरा गरिसकेकीपछि उनले सोचिन्, ‘अब केही गर्नुपर्छ।’

डान्समा करिअर बनाउन चाहेकी उनले कलकता जाने सोच बनाइन्, तर उनलाई घरबाट जान दिइएन। तर जिद्यदी स्वभावकी मनिषाले घर छोडेर कलकता गइन्। 

जब उनी कलकता जाँदैथिइन् उनीसँग ट्रेनको टिकट किन्नका लागि पनि पैसा थिएन। सोही कारण उनलाई टीटीले समातेर दुई दिन जेलमा राखिदियो। 

जसोतसो कलकता पुगेकी मनिषाले पैसा जुटाउनका लागि कहिले रेस्टुरेन्टमा वेटेर र कहिले बच्चाहरूलाई डान्स सिकाएर पैसा कमाउन थालिन्। र, जब टिकटकको चलन आयो, उनले आफ्नो डान्स गरेको भिडियो टिकटकमा राख्न थालिन्। 

सोहीक्रममा उनको एक भिडियो भाइरल भयो। उनी चर्चित हुन थालिन्। तर टिकटक बन्द भएपछि उनले इन्सट्राग्राममा भिडियोहरू राख्न थालिन्। 

उनले बिहारी र भोजपुरी स्टाइलमा कमेडी भिडियोहरू राख्न थालिन्। जसकारण उनी दर्शकहरूको नजरमा परिन्। विस्तारै चर्चाको शिखरमा चुमिएकी मनिषा ‘बिग बोस ओटीटी–२’ मा सामेल भइन्। 

जहाँ उनले उपाधि नजितेपनि दर्शकको मन जित्न सफल भइन्। कुनैबेला टैनको टिकट काट्ने पैसा नभएर जेल भएकी मनिषा रानी अहिले कयौं यूरोपहरू घुमिरहेकी छिन्। उनलाई एक नजर हेर्नका दर्शकहरू मरिहत्ते गर्छन्। उनै मनिषाको आकर्षक तस्बिरहरू–

 

प्रकाशित मिति: : 2023-10-04 20:25:00

प्रतिकृया दिनुहोस्