नयाँ नोट साट्नेहरूकाे घुइँचाे (फाेटाे/भिडियाे)

आजदेखि नयाँ नोट साट्न सुरू भएकाे छ। नेपाल राष्ट्र बैंकले दशैं, तिहारलगायत चाडबाडका लागि लक्षित गरेर नयाँ नोट सहटी सुविधा दिएको हो।

राष्ट्र बैंकले हरेक वर्ष चाडबाडको समयमा नयाँ नोट सटहीको सुविधा दिँदै आएको छ। काठमाडौँ उपत्यकाभित्रको हकमा राष्ट्र बैंकअन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैंकहरुका शाखामा नयाँ नोट साट्न पाइनेछ।

काठमाडौँ उपत्यका बाहिरको हकमा राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकका शाखा कार्यालयमा नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ।

नयाँ नाेट साट्न बिहानैदेखि बैंकहरूमा सर्वसाधारणकाे भीड लागेकाे छ। काठमाडाैँ बालुवाटारस्थित नेपाल राष्ट्र बैंकमा नाेट साट्नेहरू घुइँचाे थेगी नसक्नुकाे छ। घण्टाैँ लाइन बस्दा पनि नोट साट्न पालाे पाएका छैनन्।

प्रकाशित मिति: : 2023-10-16 15:32:00

प्रतिकृया दिनुहोस्