प्रचण्डको तेस्रो कार्यकाल : झण्डा हल्लाउनमा पहिलाका दुई ‘रेकर्ड ब्रेक’ !

लोकान्तर

काठमाडौं

प्रधानमन्त्रीको कार्यकाल लम्ब्याउने मामिलामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसअघिका आफ्ना २ पुराना रेकर्ड तोडेका छन् । आज (कात्तिक १०)देखि प्रधानमन्त्रीका रूपमा प्रचण्डको तेस्रो कार्यकाल ११ औं महिनामा प्रवेश गरेको छ ।

नेकपा एमालेलगायत संसद्का ५ दलको समर्थनमा प्रचण्ड २०७९ पुस १० गते तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बनेका थिए । पुस ११ मा शपथ लिएर कार्यकाल शुरू गरेका थिए । 

२०६५ सालमा पहिलोपटक प्रधानमन्त्री बनेका प्रचण्ड ८ महिनामै सिंहदरबारबाट बाहिरिएका थिए । २०६४ सालको संविधानसभा निर्वाचनमा पहिलो दलको हैसियतमा एमाले र मधेशवादी दलको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेका थिए ।

रुक्माङ्गत कटवाललाई हटाई कुलबहादुर खड्कालाई प्रधानसेनापति नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले उल्ट्याइदिएपछि ‘दोहोरो सत्ता’को अभ्यासलाई मान्यता नदिने भन्दै प्रचण्डले राजीनामा गरेका थिए ।

प्रकाशित मिति: : 2023-10-27 17:57:00

प्रतिकृया दिनुहोस्