श्रीमान विदेशमा यता घरमा श्रीमती र तीन छोराछोरीको घरभित्रै हत्या (भिडियोसहित)

मुगुको छायानाथ रारा नगरपालिका–६ को मन्दुमा एकै परिवारका ४ जना मृत भेटिएका छन्। 

जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार २८ वर्षीया श्रीदेवी बोहोरा, उनका दुई छोरा र ८ वर्षीया एक छोरीको शव घरमा भेटिएको हो।

मुगुका डिएसपी वीरेन्द्र थापाका अनुसार श्रीदेवीसहित उनका ११ वर्षीय छोरा मनोज, ९ वर्षकी छोरी अप्सरा र ८ महिने छोरा रहर मृत भेटिएका हुन्।

‘घटनास्थल रगताम्मे देखिएकाले उनीहरूको हत्या भएको हुनसक्छ’ उनले भने, ‘श्रीदेवीका श्रीमान् रोजगारीको सिलसिलामा कतारमा रहेका छन्।’

अनुसन्धानका लागि डिएसपी विरेन्द्र थापाको नेतृत्वमा प्रहरीको टोली घटनास्थल पुगेको छ। घटनाको थप अनुसन्धान गर्न प्रदेशको टोली पठाइएको प्रदेश प्रहरी प्रमुख भिमप्रसाद ढकालले बताए।

प्रहरीका अनुसार हत्या प्रकृती हेर्दा कुनै रिसिइबीका कारण हुनसक्ने अनुमान गरिएको छ। 

कात्तिक ८ गतेमात्रै श्रीदेवीसहितका उनका सबै परिवार घरमै देखिएका थिए। स्थानीयले बताएअनुसार त्यो दिन उनले श्रीमानसँग पनि कुराकानी गरेकी थिइन्। 

श्रीमान रोजगारीका लागि विदेशमा छन्। 

त्यसपछि घरमा ताला लगाएको देखियो। स्थानीयले त्यसपछि उनीहरू दसैं मनाउन माइती गएको हुनसक्ने ठानेका थिए। 

तर, माइतीमा सम्पर्क गर्दा त्यहाँ पनि उनीहरू थिएनन्। त्यसपछि शुक्रबार बिहानमात्रै स्थानीयले घरको ताला फोडेर हेर्दा उनीहरूको शव देखिएको थियो। 

त्यसपछि स्थानीयले प्रहरीलाई बिहान ७ बजेतिर खबर दिएका थिए। खबर पाएको करिब ३ घण्टापछि मात्रै प्रहरी पुगेको थियो।

प्रकाशित मिति: : 2023-10-27 18:45:00

प्रतिकृया दिनुहोस्