३ महिनामा ३ खर्ब ६६ अर्बको व्यापार घाटा

राजधानी दैनिक

पूर्णभक्त दुवाल

गत साउनदेखि असोज महिनासम्मको अन्तरालमा मुलुकको व्यापार घाटा ३ खर्ब ६६ अर्ब ८८ करोड ४० लाख ८४ हजार पुगेको छ।

यो गत सालको सोही अवधिको भन्दा २ दशमलव १५ प्रतिशतले बढी हो । गत वर्षको पहिलो तीन महिनामा ३ खर्ब ५९ अर्ब १७ करोडको व्यापार घाटा भएको थियो । भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो त्रैमासमा आयात मात्र ४ खर्ब ७ अर्ब ७५ करोड ८९ लाख ७५ हजार रुपैयाँको भएको छ । गत आवको सोही अवधिमा भने आयात ४ खर्ब ८ अर्बको भएको थियो ।

यसै अवधिमा मुलुकबाट असोज महिनासम्म ४० अर्ब ८७ करोड ४८ लाख ९१ हजार रुपैयाँको मात्र निर्यात भएको छ । अघिल्लो आवको सोही अवधिमा ४१ अर्ब ८२ करोड रुपैयाँको निर्यात भएको थियो । गत आवको तुलनामा अहिले आयात बढेको छ भने निर्यात घटेको छ । १ दशमलव ६९ प्रतिशतले आयात बढ्दा निर्यात २ दशमलव २६ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति: : 2023-10-30 10:59:00

प्रतिकृया दिनुहोस्