अभावै अभाव झेलिरहेको ‘बालुवाटार’

उकेरा

सुर्खेत

‘बालुवाटार’ भन्नासाथ मुलुकको कार्यकारी प्रमुखको सरकारी निवास भन्ने बुझिन्छ। तर, यँहा प्रदेश राजधानी वीरेन्द्रनगरदेखि करिब १० किलोमिटर पूर्व पट्टीको एक जंगलको छेउमा रहेकाे ‘बालुवाटार’ बस्तीकाे चर्चा हुँदैछ।  हरेक हिसाबले अभाव झेल्दै आएको यो बस्ती समस्याको खानीका रुपमा परिचित छ।

काठमाडौंको ‘बालुवाटार’ सुविधासम्पन्न हुँदा यहाँको ‘बालुवाटार’ बस्ती भन्ने गरिबी, अशिक्षा र विकास निर्माणले पछि परेको छ। वीरेन्द्रनगर नगरपालिका-११ स्थित यो बस्तीमा  हुनेखाने होइन, हुँदा खाने मानिसहरू बस्छन्। त्यसभित्र पनि दलित समुदायको बाहुल्यता बढी छ।

बालुवाटारमा २६ घरधुरी छन्। जसमध्ये तीन घरधुरी मात्रै गैरदलित समुदायका छन्। १५० कुल जनसंख्या भएको यो बस्तीमा ९८ प्रतिशत दलित समुदायको बसोबास छ। एक सयको हाराहारी मतदाता रहेको यो बस्तीमा नजिकमा वडा कार्यालय छैन। वडा कार्यालय पुग्न एक घण्टा पैदल हिँड्नुपर्छ बालुवाटार बासीले। सामान्य टाउको दुखेर सिटामोल ल्याउन पनि चार/पाँच सय रूपैयाँ खर्च गरेर वीरेन्द्रनगर बजार आउनुपर्छ। राजधानीमै रहेको यो बस्तीका नागरिकले राज्यबाट पाउने आधारभूत सेवा/सुविधा पाउन समेत मुस्किल पर्छ।

प्रकाशित मिति: : 2023-11-02 11:56:00

प्रतिकृया दिनुहोस्